अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

पाकिस्तानद्धारा बलात्कारीलाई नपुंसक बनाउन सक्ने कानुन पारित

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३६ मा प्रकाशित

पकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने सजाय दिन सक्ने कानुन पारित गरेको छ । पछिल्लो समय पाकिस्तानमा बलात्कारका घटनाप्रति सर्वसाधारणमा बढिरहेको आक्रोशलाई मध्यनजर गदैे बलात्कारसँग जोडिएको नयाँ विधेयक पारित गरिएको हो ।

पाकिस्तानमा गत वर्ष बलात्कारका दोषीलाई नपुंसक बनाउने विषयमा एक अध्यादेश पनि ल्याइएकोमा अहिले ती प्रावधानलाई विधेयकको रुप दिइएको हो ।

उक्त विधेयक पाकिस्तानी संसदको संयुक्त सत्रबाट पारित गरिएको संचारमाध्यमहरुले जनाएका छन् । अब अदालतले कानुनी प्रक्रिया पूरा गरेर सजाय सुनाएपछि मेडिकल बोर्डले मानिसलाई आजीवन नपुंसक बनाउन सक्ने छ । पाकिस्तानका कट्टर इस्लामिक समूहले भने यो विधेयकको चर्को विरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू