अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

परराष्ट्रमन्त्री खड्का र अमेरिकी सहायक विदेश मन्त्री लुबीच शिष्टाचार भेटवार्ता

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३५ मा प्रकाशित

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुबीच परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकी सम्बन्ध र विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पु¥याएको सहयोगलगायत विषयमा छलफल भएको थियो ।भेटमा सहायक विदेशमन्त्री लुको साथमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहभागी हुनुहुन्थ्यो । त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।

भेटमा परराष्ट्रमन्त्री खड्काले नेपालको कोभिड विरुद्धको लडाईँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिनुभएको थियो । उहाँले अमेरिकी सरकारले कोभिडपश्चात अर्थतन्त्रको पुनउत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल भ्रमण गर्नुभएकोमा सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै परराष्ट्रमन्त्री खड्काले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू