अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

अमेरिकी सहायक विदेशमन्त्री लूद्धारा दलका शीर्ष नेताहरुसँग भेट

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३४ मा प्रकाशित

नेपाल भ्रमणमा रहनु भएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नु भएको छ ।त्यसक्रममा लूले अमेरिकी सहयोग परियोजना एमसीसीबारे नेपाली नेताहरुको धारणा माग गर्नु भएको छ । उहाँले एमसीसीबारे छिटो निर्णयमा पुग्न शीर्ष नेताहरुलाई आग्रह गर्नु भएको छ । मन्त्री लूले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सिंहदरबारमा भेट गर्नुभयो ।

अध्यक्ष ओलीलाई एमसीसी के हुन्छ भनेर जिज्ञासा राखेको भेटमा सहभागी एमाले नेता राजन भट्टराईले जानकारी दिनुभयो । जवाफमा ओलीले आफ्नो दल सरकारमा नभएकाले बोल्ने स्थिति नरहेको भन्दै सरकारमा सहभागी दलहरुले गरेको निर्णय हेरेर एमालेले आवश्यक कदम चाल्ने बताएको नेता भट्टराईले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्चण्डसँग पनि आजै सिंहदरबारमा भेट गर्नु भएका मन्त्री लूले एमसीसीबारे छिटो निर्णयमा पुग्न आग्रह गर्नु भएको थियो । लूसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले छलफलबाट आफू सन्तुष्ट भएको बताउनुभयो । एमसीसी पहिला नेपालले सम्झौता गरेअनुसार नरहेको भन्दै सबै पार्टीसँग छलफल गरेर निर्णय लिने बताएको उहाँले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डपछि सहायक विदेश मन्त्री लूले परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू