अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु राजनितिक भेटघाटमा, माओवादी अध्यक्ष प्रचण्डसंग भेट

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:३३ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहनुभएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच आज शिष्टाचार भेटघाट भएको छ । सिंहदरवारमा आज भएको भेटमा अमेरिकी सहायक विदेशमन्त्री लूले अध्यक्ष प्रचण्डलाई अमेरिकी अनुदान सम्बन्धी सम्झौता एमसीसी बारे छिटो निर्णयमा पुग्न आग्रह गर्दै सम्झौताको समयसीमा सम्झाएको प्रचण्डको सभिवालयले जनाएको छ ।

जवाफमा प्रचण्डले अमेरिकी सहयोग लिन्नौं भन्ने आफ्नो धारणा नभए पनि एमसीसीमा उल्लेखित केही प्रावधान नेपालमा विवादको विषय बनेको बताउनुभयो । प्रचण्डले एमसीसीबारे सबै पक्षको एउटा साझा समझदारी बनाउने प्रयास भइरहेको धारणा राख्नुभयो ।

प्रचण्डले एमसीसीको विषयमा माओवादी केन्द्रको मिहिनेत नेपालका सबै पक्षसँग छलफल गरेर साझा समझदारी बनाउनुमै हुने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू