अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

पोल्याण्डको सिमानामा भेला भएका आप्रवासीहरुलाई न्यानो ठाउँमा सारियो

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:२६ मा प्रकाशित

पोल्याण्ड प्रवेशका लागि एक साता भन्दा लामो समयदेखि पोल्याण्डको पश्चिमी सिमानामा जम्मा भएका आप्रवासीहरुलाई बेलारुसले न्यानो ठाउँमा सारेको छ ।जिरो डिग्री सेल्सियसमा कठ्यांग्रिएका आप्रवासीहरुमा मानवीय संकट उत्पन्न हुने खतरा बढेपछि बेलारुसले उनीहरुलाई सिमा क्षेत्रबाट नजिकै वातानुकुलित गोदाममा सारेको हो । बेलारुसका सरकारी संचार माध्यमहरुले सिमा क्षेत्रका अस्थायी शिविरहरु खाली गर्दै नजिकै न्यानो ठाउँमा आप्रवासीहरुलाई लगिएको समाचार दिएका छन् ।

युरोप प्रवेश गर्न चाहने खाडी देशका आप्रवासीहरु एक साता भन्दा लामो समयदेखि पोल्याण्डको पश्चिमी सिमास्थित दशगजा क्षेत्रमा बस्दै आएका थिए । युरोपेली देशहरुले बेलारुसमाथि पश्चिम एशियाका आप्रवासीहरुलाई आफ्नो देशमा खुलेआम प्रवेश दिएर पोल्याण्ड, लाट्भिया र लिथुआनियाबाट युरोप पठाउन खोजेको आरोप लगाउँदै आएका छन् ।

यसअघि बेलारुसका राष्ट्रपति लुकासेन्कोले सिमा क्षेत्रमा भेला भएका आप्रवासी मध्ये कम्तिमा २ हजार जनालाई शरण दिन जर्मन चान्सलर मर्केललाई आग्रह गर्नुभएको थियो । त्यसो भए सिमा क्षेत्रमा भेला भएका बाँकी ५ हजार जनालाई उनीहरुको देश फर्काउने जिम्मा आफूले लिने पनि लुकासेन्कोले बताउनु भएको थियो ।

तर जर्मन चान्सलर मर्केलले बेलारुसको उक्त प्रस्ताव अस्वीकार गरेपछि लुकासेन्को आप्रवासीहरुलाई सिमानाबाट गोदाममा सार्न तयार भएको बताइएको छ । उता, युरोपेली युनियनले पनि आप्रवासीहरु जहाँबाट आएका हुन उतै पठाउन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू