अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

माओवादी केद्रको वडा सम्मेलन शनिबार, पार्टी सदस्य ७ लाख ३५ हजार पुगेको दावी

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:२० मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले देशभरका वडाहरूमा भोलि (शनिबार) वडा सम्मेलन हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको जानकारी गराएको हो । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाच समिति खटाउने भएको छ ।

यस्तै, मंसिर ११ गते पालिकाको नेतृत्व चयन गर्न लागेको माओवादी केन्द्रले २५ गते प्रदेशको नेतृत्व चयन गर्दैछ । जसका लागि पालिकामा पाँच सदस्यीय निर्वाचन समिति र प्रदेशमा सात सदस्यीय समितिको व्यवस्था गर्न लागिएको जानकारी दिइयो ।

प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ गतेदेखि पार्टीको राष्ट्रिय सम्मेलन हुने आयोगले जनाएको छ । राष्ट्रिय सम्मेलनपछि देशभर माओवादी केन्द्रको ३ लाख निर्वाचित सदस्य र ८ हजार भन्दा बढी समिति गठन हुने कार्यालय सचिव शिव खकुरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रले आफ्नो पार्टी सदस्यको संख्या ७ लाख ३५ हजार पुगेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू