अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

सरकारले पतञ्जलीलाई जग्गा उपलब्ध गराउनेछ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:१८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको छ । आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको हो । उहाँले संसारमा दुष्प्रभाव नभएको एउटा मात्र औषधि आयुर्वेद भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले योगगुरु रामदेव र आचार्य बालकृष्णले नेपाल र नेपालीहरूको नाम उचाइमा लान र नेपाललाई विश्वसामु चिनाउनका लागि आउनुभएको बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकारले नेपालमा आयुर्वेदिक औषधि बनाउनका लागि आवश्यक पर्ने जग्गादेखि अन्य कुराहरूको उपलब्ध गराउने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू