अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

पार्टी अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गर्ने – एमाले नेता भट्टराई

बिआरटीनेपाल २०७८ मंसिर ३ गते ६:१६ मा प्रकाशित

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ ।काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा भएको खुला चुनावले पार्टीलाई विभाजनको तहसम्म पु¥याएको भन्दै गुटबन्दीबाट बचाउन दशौं महाधिवेशनमा पार्टी नेतृत्व सर्वसम्मत ढंगले चयन गर्नुपर्नेमा आफूहरुको जोड रहेको बताउनुभयो ।

सहमतिमा नेतृत्व चयन नभए प्रतिनिधि जो कोहीले पनि नेतृत्वको दावी गर्न पाउने नेता भट्टराईको भनाइ थियो । पार्टीभित्र विभिन्न विचार समूहबाट आएका नेता रहेको उल्लेख गर्दै उहाँले महाधिवेशनले सबैको सम्मानजनक व्यवस्थापन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू