अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

कतारविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज नेपालद्वारा क्लिक स्विप

बिआरटीनेपाल २०७८ मंसिर २ गते ७:१५ मा प्रकाशित

नेपाली महिला क्रिकेट टिमले कतारविरुद्धको तीन खेलको अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा आज भएको तेस्रो खेलमा कतारलाई १ सय ९ रनले पराजित गर्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । आफ्नो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै नेपालले सफलता हात पारेको हो ।

यसअघि नेपालले कतारलाई पहिलो खेलमा १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । बिहीबारको खेलमा नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित ओभरमा ७ विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।कतारका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे । नेपालका लागि कप्तान रुविना क्षेत्री, सरस्वती कुमारी चौधरी, र सवनम राईले समान एक–एक विकेट लिए ।

यसअघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । नेपालका लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । सीताको यो पहिलो टी–ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो । कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १/१ विकेट लिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू