अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति

बिआरटीनेपाल २०७८ मंसिर २ गते ७:१० मा प्रकाशित

अर्मेनिया र अजरबैजानबीच युद्ध अन्त्य गर्ने सहमति भएको छ । रुसको मध्यस्थतामा दुई देशबीचमा युद्ध अन्त्य गर्ने सम्झौता अनुसार सीमा क्षेत्रमा हुँदै आएको युद्ध अन्त्य भएको अर्मेनियाको रक्षा मन्त्रालयले जनाएको छ । सुरक्षा कारबाही रोक्ने सम्झौतामा रुस, अजरबैजान र अर्मेनियाका उच्च अधिकारीले सहमति जनाएका हुन् ।

यो सम्झौतापछि अर्मेनियाको पूर्वी सीमा क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । सहमति हुनुअगाडि भएको पछिल्लो भिडन्तका क्रममा अर्मेनियाका एक सैनिकको ज्यान गएको थियो । सीमा क्षेत्रको  भूमिलाई लिएर दुई देशबीचमा लामो समयदेखि द्वन्द्व छ । विवाद साम्य हुँदै फेरि बल्झिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू