अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

‘महिला सहभागितालाई बाध्यकारी र श्रृंगारिक रूपमा हेर्नुहुँदैन’

बिआरटीनेपाल २०७८ मंसिर २ गते ७:०७ मा प्रकाशित

 विभिन्न राजनीतिक दलका नेताहरूले महिला सहभागितालाई बाध्यकारी र श्रृंगारिक रुपमा लिन नहुने बताएका छन् । काठमाडौंमा आयोजित राजनीतिक दलको पदाधिकारी र निर्णायक तहमा महिला सहभागिता विषयक कार्यक्रमका सहभागीहरूले पद थपेर राजनीतिक दलमा महिला सहभागी गराइनुको अर्थ नहुने बताए ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले महिलालाई आर्थिक स्वतन्त्रतासँग जोडेर आत्मनिर्भर नबनाएसम्म महिला सहभागिता श्रृंगारिक सहभागितामा मात्रै सीमित हुने बताउनुभयो । उहाँले संविधान र राजनीतिक दल सम्बन्धी ऐनमा गरिएको व्यवस्थालाई कार्यान्वयन गरेर महिला सहभागिताको कुरा गर्नु औचित्यहीन हुने टिप्पणी गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले राजनीति मुल्य मान्यताबाट स्खलित हुँदै गएकाले महिलाहरू राजनीतिक दलको निर्णायक तहमा आउने विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो ।

महिला सहभागी गराउनकै लागि एउटै पदमा संख्या थप गर्ने अभ्यास पार्टीभित्र सुरु भएको उल्लेख गर्दै उहाँले संख्या थपेर महिला सहभागीता गराएको भन्न नमिल्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू