अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५५ | Colorodo: 20:10

शेयर बजार ३२ अङ्कले घट्यो, ६ अर्ब २७ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०७८ मंसिर २ गते ६:५७ मा प्रकाशित

कारोबार हुने हप्ताको अन्तिम आज बिहीवार शेयर बजार परिसूचक नेप्से घटेर राताम्मे भएको छ । नेप्से आज ३२ दशमलव ३९ अङ्कले घटेर दुई हजार सात सय ६९ दशमलव १३ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकाेमा विकास बैंक, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय २४ कम्पनीका ९८ लाख ६२ हजार कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमको ६० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मानुषी लघुवित्त र तेह्रथुम पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू