अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

नेपालमा थप २ सय ९९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:५६ मा प्रकाशित

नेपालमा थप २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५१ जनामा गरिएको परीक्षणमा २ सय ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको मृत्युसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ४ सय ८९ पुगेको छ ।२ सय ६० जना निको हुँदा संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार १ सय ७६ पुगेको छ । यो कुल संक्रमितको ९७ दशमलव ७ प्रतिशत हो । देशभर हाल ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू