अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७
| Colorodo: 20:12
भारतका चर्चित योगगुरु बाबा रामदेव काठमाडौं आइपुग्नुभएको छ । पतञ्जलि योगपीठका योगगुरु रामदेव र उहाँ सहकर्मी आचार्य बालकृष्ण बिहीबार साँझ काठमाडौं आइपुग्नुभएको हो ।
भारतका यातायात मन्त्री नीतिन गडकरी पनि काठमाडौं आउनुहुने बताइएको छ । उहाँहरु तीनैजना पतञ्जलि योगपीठ (नेपाल) को निम्तामा काठमाडौं आउनुभएको हो । पतञ्जलि योगपीठले मंसिर ३ गते आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उहाँहरु काठमाडौं आउनुभएको हो ।
गडकरीसहितले प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च सरकारी अधिकारीलाई समेत भेट्ने कार्यक्रम रहेको योगपीठका नेपाल प्रमुख शालिग्राम सिंहले बताउनुभयो ।
गडकरी पतञ्जलि योगपीठले ल्याउन लागेका दुईवटा टिभी च्यानल आस्था नेपाल र पतञ्जलि (नेपाल) को उद्घाटनमा सहभागी हुन आउनुभएको हो । दुवै च्यानलको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नुहुने भएको छ ।