अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२७ | Colorodo: 19:42

आन्दोलन नगर्न कानुन व्यवसायीलाई ‘अमेरिकन इगल’काे धम्की, प्रतिकारमा उत्रिएपछि भागाभाग

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:४८ मा प्रकाशित

कानुन व्यवसायीहरूलाई आन्दाेलन नगर्न धम्की दिइएकाे छ । बिहिबार केही व्यक्तिहरू नेपाल बार एसोसियसन भित्र पसेर कानुन व्यवसायीहरूलाई आन्दाेलन नगर्न धम्की दिएका हुन् । ती मध्ये एक जनाले आफू ‘अमेरिकन इगल’ भएको बताएका थिए ।

उनले कानुन व्यवसायीहरू लाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न धम्की दिएका थिए । कानुन व्यवसायीहरूमाथि जथाभावी बोलेपछि उनीहरूले त्यसको प्रतिकार गरेका थिए । केही कानुन व्यवसायीले ढुंगा टिपेर हान्न खाेजेका थिए ।

बार परिसरमा उपस्थित कानुन व्यवसायीहरूले प्रतिकार गर्न थालेपछि उनीहरू बाहिरिएका थिए । धम्की दिनेहरूलाई प्रहरीले पक्राउ भने गर्न सकेन । उनीहरू बाहिरिएपछि मात्रै प्रहरी पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू