अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०० | Colorodo: 00:15

काठमाण्डौ–बैंकक उडान फेरि सुरु हुँदै

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:४६ मा प्रकाशित

कोभिड –१९ (कोरोना) महामारीका कारण लामो समयदेखि बन्द रहेको काठमाण्डौ–बैंकक हवाई उडान फेरि सुरु हुने भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच आज बिहीवार मन्त्रालयमा भएको शिष्टाचार भेटघाटका क्रममा राजदूत भोरासफले केही दिनभित्रमा काठमाण्डौ–बैंकक नियमित उडान गरिने जानकारी दिनुभएको हो ।

भेटका क्रममा मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नु हुँदै लुम्बिनीमै रहेको मेटरनेटी अस्पतालका लागि सहयोग गर्न आग्रह गर्नुभयो । यसैगरी मन्त्री आलेले नेपाली नागरिकलाई थाइल्यान्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैंकक जाँदा सहुलियतपूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

भेटकै क्रममा मन्त्री आलेले नेपाल–थाइल्यान्डको पुरानो ऐतिहासिक सम्बन्ध रहेको र त्यसलाई थप बलियो बनाइराख्न दुवै देशका तर्फबाट अधिकतम प्रयास गरिनुपर्ने कुरामा जोड दिनुभयो । राजदूत भोरासफले लुम्बिनीको विकासका लागि आफ्ना तर्फबाट अधिकतम प्रयास गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू