अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

पत्रकारलाई सम्मान र प्रोत्साहन गर्न नेपाल मिडिया अवार्ड आयोजना हुने

बिआरटीनेपाल २०७८ मंसिर २ गते ५:३७ मा प्रकाशित

पत्रकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ । ड्रिम हई नेपाल प्रा। लि। को आयोजना र नेपाल पत्रकार महासङ्घको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो ।नेपाल मिडिया अवार्ड २०७८’ नाम दिइएको अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले बताउनुभयो ।

यी विधाबाहेक भूगोलतर्फको सात प्रदेशबाट दुईरदुई जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्‍याएका दुई विशिष्ठ सञ्चारकर्मीलाई ’लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ । नेपाल पत्रकार महासङ्घसँगको समन्वयमा महासङ्घका पूर्वअध्यक्षसहित सञ्चार विज्ञसहितको पाँच सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरूको छनोट गर्ने आयोजकले बताएको छ । पुस २३ मा अवार्ड घोषणा गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू