अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

आउँदो महाधिवेशनमा सभापतिको उम्मेदवार मै हुँ – महामन्त्री डा. कोइराला

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:३२ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीको आउँदो आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी बताउनुभएको छ ।आज (बुधवार) सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले आउँदो १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको हो । उहाँले सभापति पदका लागि आफू नै बलियो उम्मेदवार बनेको समेत दाबी गर्नुभयो ।

सबैलाई मिलाएर नागरिकको आशा र भरोसाको कांग्रेस निर्माण गर्न आफू अग्रसर भइसकेकाले कुनै हालतमा ’ब्याक’ नहुने महामन्त्री कोइरालाको भनाइ छ । सभापतिका प्रत्यासीहरू धेरै देखिए पनि उहाँले सबैसँग आन्तरिक छलफल र गृहकार्य भइरहेकाले आफूलाई सबैको सहयोग रहनेमा ढुक्क रहेको उहाँको भनाइ छ ।

सञ्चारकर्मीको जिज्ञासामा महामन्त्री कोइरालाले चुनाव अघिसम्म मात्रै गठबन्धन कायम रहने समेत बताउनुभयो । आउँदा चुनावमा कुनै पार्टीसँग तालमेल नहुने महामन्त्री कोइरालाको भनाइ थियो । एक्लै चुनाव लड्दा पनि आउँदो चुनावमा कांग्रेसले बहुमत ल्याउने महामन्त्री कोइरालाको दाबी थियो । अहिलेको गठबन्धनसँग सरकार सहकार्यका लागि मात्र भएको र आउँदो चुनावमा कुनै पार्टीसँग तालमेल हुने सम्भावना पनि नभएको उहाँको भनाइ थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू