अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

सरकार नेपाली पासपोर्टको सम्मान बढाउन लागिपर्छ – मन्त्री खड्का

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२६ मा प्रकाशित

परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानी (पासपोर्ट) को सम्मान बढाउन लागिपर्ने बताउनुभएको छ । आज बुधवार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै मन्त्री खड्काले विगतका दिनमा नेपाली राहदानीका कारण नेपालीले अपमान महसुस गर्नुपरेको स्वीकार गर्दै अब सरकारले नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताउनुभएको हो । देशलाई समुन्नत बनाएर नेपालीको स्वाभिमान र सम्मानलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने उहाँले बताउनुभयो ।

नेपाल र अन्य धनीमानी भनिने देशहरूलाई एउटै बाकसमा राखेर व्यवहार गर्ने खालको सम्मान नेपाली राहदानीमा थप्ने मन्त्री खड्काले बताउनुभयो । मन्त्री खड्काले देशलाई आर्थिक रूपमा विकास गरेर नेपाली नागरिकको छवि र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा कायम गराउने बताउनुभयो । उहाँले आउँदा दिनमा नेपाली नागरिकहरूले सुरक्षित राहदानी लिएर बाहिर जान सक्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

सरकारले आजदेखि देशभर ई–पासपोर्ट परीक्षणका रूपमा वितरण सुरु गरेको छ । राहदानी विभागमा आज बुधवार आयोजना गरिएको ’पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ मा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई नेपालको पहिलो ई–पासपोर्ट प्रदान गरेर वितरण सुरु गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू