अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

गतिरोध अन्त्य गर्न माग गर्दै ट्रेड युनियनले बुझायो प्रधानन्यायाधीश र न्यायाधीशलाई ज्ञापन पत्र

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२५ मा प्रकाशित

सर्वोच्च अदालतमा जारी गतिरोध अन्त्य गर्न निजामति कर्मचारीको आधिकारीक ट्रेडयुनियन सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र आन्दोलनरत न्यायाधीशलाई ज्ञापनपत्र बुझाएको छ। बुधबार चार सयजना कर्मचारीको हस्ताक्षरसहित अविलम्ब निकास निकाल्नका लागि दबाब दिएको आधिकारीक ट्रेडयुनियन सर्वोच्च अदालत शाखाका सचिव हरि भट्टराईले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राणाको राजीनमा माग्दै कात्तिक ८ गतेदेखि न्यायाधीशहरुले इजलास बहिस्कार गरिरहेका छन्। २३ दिनदेखि सुनुवाई अवरुद्ध हुँदा जनताको न्याय पाउने हकमा अवरोध सिर्जना भएको ठहर गर्दै ट्रेडयुनियनले ध्यानाकर्षण गराएको हो। ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले निकासका लागि गम्भिर भएर छलफल भइरहेको जवाफ दिनुभएको छ ।

त्यस्तै आन्दोलनर न्यायाधीशका तर्फबाट न्यायाधीश दिपककुमार कार्कीज्यूले निकासका लागि फूलकोर्ट वसेर गोलाप्रथाद्वारा मुद्दा हेर्न नियमावली संशोधन गर्नुपर्ने भएकोले त्यसका लागि तयारी भइरहेको जवाफ दिएको भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू