अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३५ | Colorodo: 19:50

टी–ट्वान्टी क्रिकेट वरीयतामा नेपाली क्रिकेटका ओपनर भुर्तेलको स्थान खस्कियो

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२३ मा प्रकाशित

आईसीसीले टी–ट्वान्टी क्रिकेटको वरीयता सार्वजनिक गरेको छ । आईसीसीको टी–ट्वान्टी क्रिकेट वरीयतामा ब्याटिङ तर्फ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलको स्थान खस्किएको छ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता एक स्थान खस्किएको हो ।

कुशल नयाँ वरीयताको ५८ औं स्थानमा रहनुभएको छ । यसअघि उहाँ ५७ औं स्थानमा हुनुहुन्थ्यो । ब्याटिङतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ९५ औं स्थानमा उक्लिनुभएको छ । यस्तै, कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा रहनु भएको छ । वरीयतामा पाकिस्तानका बाबर आजम शीर्षस्थानमा रहनुभएको छ भने भारतका कप्तान विराट कोहली ८ औं स्थानमा पुग्नुभएको छ ।

यस्तै बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने ८७ औं स्थानमा उक्लिनुभएको छ । यसअघि उहाँ ८८ औं स्थानमा रहनुभएको थियो । यस सूचीमा श्रीलङ्काका वानिन्दु हसरङ्गा शीर्षस्थानमा रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू