अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२२ | Colorodo: 19:37

आजबाट दर्ता हुने सबै प्रकारका सवारीसाधानमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२३ मा प्रकाशित

आजबाट दर्ता भएका सबै प्रकारका सवारीसाधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने प्रावधान लागु भएको छ । विशेष खालको विद्युतीय चिप राखिएको इम्बोस्ड नम्बर प्लेटमा सवारीसाधन तथा सवारीधनीको सम्पूर्ण विवरण उल्लेख हुन्छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित सूचना अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको हो ।

आजबाट नयाँ दर्ता गर्नेहरूले इम्बोस्ड नम्बर प्लेट लगाएर मात्रै सवारी चलाउन यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आग्रह गर्नुभयो । अन्य प्रदेशमा आवेदन दिएको केही दिनमै इम्बोस्ड नम्बर प्लेट प्राप्त गर्न सकिने अवस्था रहे पनि सुदूरपश्चिम प्रदेशको हकमा भने केही समय लाग्ने उहाँले बताउनुभयो । प्रदेशको नाम लामो भएकाले प्लेटमा नाम अटाउनका लागि केही व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारसँग बसेर छलफल गरी टुङ्गोमा पुग्ने उहाँको भनाइ छ ।

यस्तै प्रदेशको स्थायी नाम कायम नभएका कारण प्रदेश नं १ र प्रदेश नं २ मा भने पुरानै व्यवस्था जारी रहने बताइएको छ । यातायात व्यवस्था विभागका अनुसार चरणबद्ध रूपमा अबका केही वर्षभित्र मुलुकका सबै सवारीसाधनमा प्रविधिमा आधारित नयाँ नम्बर प्लेट जडान गरिसक्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू