अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

नेदरल्याण्ड्स विश्वकप फुटबलमा छनौट

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:२१ मा प्रकाशित

नर्वेलाई हराउँदै नेदरल्याण्ड्स अर्को वर्ष कतारमा हुने विश्वकप फुटबलको लागि छनौट भएको छ । युरोपेली समूह जीको खेलमा गएराति नेदरल्याण्ड्सले नर्वेलाई २–० ले हरायो । डच टोलीका लागि स्टेभेन बर्गविन र मेम्फीस डिपेले एक एक गोल गरे । जितसँगैं नेदल्याण्ड्सले विश्वकप फुटबलमा स्थान पक्का गर्दा नर्वेको प्ले अफ् खेल्ने संभावना पनि सकिएको छ । यो समूहमा दोस्रो स्थानमा रहँदै टर्की प्ले अफ्का लागि छानिएको छ ।

समूहको अन्तिम खेलमा टर्कीले मोन्टेनेग्रोमाथि २–१ को जित निकाल्यो । गएराती भएको अर्को खेलमा बेल्जीयमसँग १–१ गोलको बराबरी खेल्दै वेल्स पनि विश्वकप प्ले अफ्मा छानिएको छ । गएरातीका खेलहरुपछि विश्वकप फुटबलका लागि युरोपेली छनोट समूहका खेलहरु सकिएका छन् ।

१० समूहमा शिर्ष स्थान लिन सफल १० टोलीहरु सर्विया, स्पेन, स्विट्जरल्याण्ड, फ्रान्स, बेल्जीयम, डेनमार्क, नेदरल्याण्ड्स, क्रोएसिया, इंग्ल्याण्ड र जर्मनी सिधै विश्वकपका लागि छानिएका छन् । यसैगरी दोस्रो स्थान लिन सफल टोलीहरु पोर्चुगल, स्विडेन, इटाली, युक्रेन, वेल्स, स्कटल्याण्ड, टर्की, रुस, पोल्याण्ड र नर्थ मेसेडोनियाले प्ले अफ् खेल्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू