अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणाले बढ्यो

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१६ मा प्रकाशित

पछिल्लो दुई दशकमा विश्वको सम्पत्ति ३ गुणाले वृद्धि भएको एक अध्ययनले देखाएको छ । ब्लूमबर्ग नामक प्रतिवेदनमा उल्लेख भए अनुसार चीन विश्वकै सबैभन्दा बढी सम्पत्ति भएको मुलुक बनेको छ । प्रतिवेदनमा आयको ६० प्रतिशतभन्दा बढी प्रतिनिधित्व गर्ने दस देशको नेशनल ब्यालेन्स शीटलाई आधार मानेर यो रिपोर्ट तयार पारिएको हो ।

प्रतिवेदनका अनुसार पछिल्लो दुई दशकमा विश्वस्तरको नेट सम्पत्तिमा चीनलाई लगभग एक तिहाईको फाइदा भएको छ । प्रतिवेदनका अनुसार विश्वभरमा कुल सम्पत्ति सन् २००० मा १ सय ५६ ट्रिलियन डलरबाट बढेर २०२० मा ५ सय १४ ट्रिलियन डलर पुगेको छ ।

जसको एक तिहाई सम्पत्ति चीनको रहेको छ । सन् २००० मा चीनको सम्पत्ति ७ ट्रिलियन डलर रहेको थियो र हाल त्यो बढेर १ सय १० ट्रिलियन डलर पुगेको छ । यस्तै अमेरिकाको कुल सम्पत्ति दुई गुणाभन्दा बढीले वृद्धि भएर ९० ट्रिलियन पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू