अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

नेप्से २८ सयमाथि, कारोबार साढे ७ अर्ब नजिक

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१६ मा प्रकाशित

बुधबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो । मंगलबार उच्च अंकको उछाल आएको बजारमा बुधबार भने नेप्से जम्मा १६ अंकले उकालो लागेर २८ सय पुगेर थामियो । यस दिन कारोबार पनि सुधारिएर साढें ७ अर्ब नजिक पुग्यो । यस दिन बढीजसो समूह सकारात्मक रहे ।

यस दिन अन्य समूहमा सबैभन्दा उच्च १ सय अंक बढीको बृद्धि आयो । जलविद्युत, होटल तथा पर्यटन, वित्त र व्यापार समूह दोहोरो अंकले उकालो लाग्दा लघुवित्त र वाणिज्य बैंक समूह पनि सामान्य अंकले सुधारिए ।

उत्पादनमूलक, विकास बैंक, जीवन बीमा समूह दोहोरो अंकले झर्दा निर्जीबन बीमा, सामुहिक लगानी कोष र लगानी समूह सामान्य अंकले रातो रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ७ अर्ब ४० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू