अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 04:14

प्रधानन्यायाधीशका विवादित फैसला उपलब्ध गराउन बारको आह्वान

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१५ मा प्रकाशित

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादित फैसलागरी अन्यायमा पारेकाहरुलाई ति फैसला उपलब्ध गराउन आव्हान गर्नुभएको छ । नेपाल बार एसोसिएसनले बुधवार सर्वोच्च अदालतमा धर्ना दिनुअघि बार भवन परिसरमा कानुन व्यवसायीहरुलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशबाट अन्यायमा परेकाहरुलाई अन्यायमा परेको फैसला बारलाई उपलब्ध गराउन आव्हान गर्नुभएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा पछि पनि सम्पति विवरण संकलन गरीने र छानविन हुने उहाँले बताउनुभयो । अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको निर्देशनमा बारको आन्दोलन प्रतिकुल हुनेगरी काम भइरहेको आरोप लगाउनुभयो ।

जबराको निर्देशनमा बिचौलियाहरु बारको आन्दोलनविरुद्ध लागेको भन्दै उहाँले बारको आन्दोलन विरुद्ध नलाग्न चेतावनी दिनुभयो । उहाँले प्रधानन्यायाधीशको राजीनामा नआएसम्म बारले देशभर आन्दोलन गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू