अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५८ | Colorodo: 10:13

नेपालमा विद्युतीय राहदानी सार्वजनिक

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१४ मा प्रकाशित

राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ । शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ–पासपोर्ट दिइएको हो । आज विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्र मन्त्री डा.नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गर्नुभएको हो । जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी भएको बताउनुभयो ।

उहाँले सरकारलाई सफलताको शुभकामना समेत दिनुभयो । यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्त्व रहने उहाँले उल्लेख गर्नुभयो । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताउनुभयो । संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने पनि उहाँले उल्लेख गर्नुभयो ।

विद्युतीय राहदानी एडभान्स र व्यवस्थित हुने उहाँले बताउनुभयो । अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिनुभयो । यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू