अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै, देशभर ४ सय १२ नयाँ सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१३ मा प्रकाशित

नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या निरन्तर उकालो लाग्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २० दिनदेखि नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम रहेको छ । मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ६ सय ३६ सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये २ सय २ जना स्वस्थ भएका छन् ।

मन्त्रालयले आज नियमित कोरोना सम्बन्धी जानकारी दिने क्रममा प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ९८ हजार ९ सय १६ पुगेको बताउनुभयो । यस्तै गत २४ घन्टामा देशभर ४ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ११ हजार ९ सय ९३ कोरोना परीक्षण गरिएको छ ।

जसमा १० हजार १ सय ६ आरटी पिसिआर परीक्षण गर्दा ३ सय ६३ र १ हजार ८ सय ८७ एन्टीजेन परीक्षण गर्दा ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ८३ पुगेको छ । गत २४ घन्टामा देशभर १ लाख १ हजार ७ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू