अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

अदालतलाई लडाइँको थलो बनाउनु उचित हैन– अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:१२ मा प्रकाशित

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई लडाइँको थलो बनाउन नहुने बताउनुभएको छ । नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले जालझेल षडयन्त्र गरेर अहिले सरकारमा कस्ता व्यक्ति छन् भनेर जनताले नियाली रहेको बताउनुभयो ।

उहाँले सबैभन्दा ठूलो पार्टीको प्रधानमन्त्रीलाई अदालतको परमादेशबाट हटाउने काम भएको भन्दै अदालतको मर्यादा बढोस् भन्ने चाहना रहेको पनि उल्लेख गर्नुभयो । जनताको मुद्दा रोकेर न्यायाधीशहरुले पारिश्रमिक लिएको उहाँले आरोप लगाउनुभयो ।

ओलीले एमाले विचारमा स्पष्ट रहेको दाबी गर्दै एकताबद्ध भइ मजबुत एमाले बनाएर अघि बढ्न पार्टीका नेता÷कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू