अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

प्रदेश १ का मुख्यमन्त्री राईलाई विश्वासको मत

बिआरटीनेपाल २०७८ मंसिर १ गते ७:११ मा प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उहाँले राख्नुभएको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले प्राप्त गुर्नभएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाउनुभएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभयो ।

आजको मतदानमा ७९ जना सांसद उपस्थित भएका थिए । मुख्यमन्त्री राईको पक्षमा उहाँको पार्टी नेकपा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले मतदान गरेका छन् ।

प्रदेशसभाका कुल ९२ सांसदमध्ये नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू