अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

नेपालमा पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना सङ्क्रमण, चार जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते ६:५८ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ३७९ जनामा कोरोना सङ्क्रमण भएकाे छ । छ हजार ५०५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३३९ जना र दुई हजार ६४४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे हाे ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७० जना कोरोना मुक्त भएको र सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८२ पुगेको छ । देशमा हालसम्म सात हजार ४७६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू