अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९ | Colorodo: 02:44

रुसी र फ्रान्सेली राष्ट्रपतिबीच आप्रवासी समस्याबारे छलफल

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते ६:५० मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मंगलबार फोन वार्ता भएको छ । फोनवार्तामा दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्या र सीमा समस्याका बारेमा कुराकानी भएको थियो ।

मंगलबार बिहान रुसी राष्ट्रपति पुटिनले फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई फोन गर्नुभएको थियो । त्यसक्रममा उहाँहरूका बीचमा उक्त विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।रुसी राष्ट्रपति पुटिनले पोल्याण्डको प्रहरीले बेलारुसका आप्रवासीहरुलाई नराम्रो व्यवहार गर्ने गरेको भन्ने विषयमा कुरा उठाउनु भएको थियो ।

रुसी राष्ट्रपति पुटिनले यस विषयमा युरोपियन युनियनका नेता तथा तथा पोल्याण्डका नेताहरूले बेलारुससँग प्रत्यक्ष रुपमा कुराकानी गर्न पनि आग्रह गर्नुभएको क्रेमलिनले मंगलबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा उहाँहरूबीचको फोनवार्ताका क्रममा युक्रेनका विषयमा पनि कुराकानी भएको थियो । उहाँहरूबीच युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको क्रेमलिनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरूको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उहाँहरूका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू