अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३
| Colorodo: 21:28
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको पहिलो बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री कार्यलय सिंहदरबार बस्ने भएकाे हाे ।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रबाट समितिको सदस्य रहनुभएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न भन्दै यही कात्तिक २२ गते पाँच दल र सरकारका प्रतिनिधि समेत रहने गरी ११ सदस्यीय समिति गठन गरेको थियो ।