अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३४ | Colorodo: 19:49

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : नेता महतो

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते १:४० मा प्रकाशित

लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको ठहर गर्दै राणाले निकास दिनुपर्ने बताउनुभयो । अदालत नचलेकाले जनताले न्याय नपाएको उहाँको भनाइ थियो ।

कानून व्यवसायी आन्दोलनमा हुँदा प्रधानन्यायाधीश मौन बस्नु राम्रो नभएको नेता महतोले बताउनुभयो । न्यायालय असफल हुनु भनेको देश असफल हुनु भएको बताउँदै उहाँले न्यायालयको गरिमा जोगाउनकै लागि भए पनि राणाले राजीनामा दिनुपर्ने दोहोर्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू