अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

विद्युतीय चुल्हो र बस सञ्चालनलाई सरकारले प्रोत्साहन गर्छ– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक ३० गते १:३५ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताउनुभएको छ ।मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल(इपान)को १९ र २०औं साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्युतीय चुल्हो र बस सञ्चालनका लागि उद्यमी, व्यवसायीहरूलाई सरकार प्रोत्साहन गर्न तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरूको प्रयोगगरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै काम गर्न पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले निजी क्षेत्रको माग बमोजिम निजी क्षेत्रलाई पनि विद्युत व्यापारको अनुमति दिन सरकार तयार रहेको बताउनुभयो । निजी क्षेत्रलाई विद्युत व्यापार गर्नसक्ने विश्वासिलो आधारसहित आउनको निम्ति उहाँले आग्रह गर्नुभयो । मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत खेर गइरहेको बताउनुभयो । विद्युत खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति बेहोर्नुपरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू