अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाको आपत्ति

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते २२:३३ मा प्रकाशित

रुसको ‘एन्टी सेटलाइट मिसाइल’ परिक्षणप्रति अमेरिकाले विरोध जनाएको छ । रुसले हालै गरेको भु उपग्रह प्रतिरोधी क्षेप्यात्र परिक्षणलाई अमेरिकाले खतरनाक र गैरजिम्मेवार कार्यको संज्ञा दिएको हो । रुसले क्षेप्याष्त्र परिक्षणमार्फत अन्तरीक्षमा रहेको आफ्नै एउटा भू उपग्रहलाई ध्वस्त पारेको थियो । रुसको यो कार्यले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहेका वैज्ञानिकहरुको ज्यान जाखिममा पारेको अमेरिकी आरोप छ ।

रुसले ध्वस्त पारेको क्षेप्याष्त्रका भग्नावशेषले समस्या उत्पन्न गरेपछि अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र आई.एस.एस.का यात्रीहरु घण्टौसम्म सुरक्षा क्याप्सुलभित्र बस्नुपरेको थियो । आई.एस.एस. मा अहिले चार जना अमेरिकी, दुई रुसी तथा एक जर्मन वैज्ञानिक छन् । रुसले पृथ्वीको सतहभन्दा करिब ४ सय २० किलोमिटर माथि रहेको भू उपग्रह ध्वस्त पारेर एन्टी सेटलाइट मिसाइल परिक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू