अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

नेपाल बन्द गराउने विप्लव समूहका ३४ जना कार्यकर्ता पक्राउ

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते २२:२४ मा प्रकाशित

ट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा उत्रिएका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका नेकपाका कार्यर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । बन्द गराउन सडकमा उत्रेका नेकपाका ३४ जना कार्यकर्ता पक्राउ परेका प्रहरीले जनाएको छ । । देशभर बन्द आव्हान गरेकाे विप्लव समूहका कार्यकर्ताहरु सवारी साधन राेक्न सडकमा उत्रिएका छन् ।विभिन्न जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरुलाई पक्राउ पक्राउ गरेको हो ।

जसमध्ये काठमाडौंमा ६ जना, पाेखरामा ७ जना, चितवनमा १० जना र तनहुँको दमाैलीमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङ सहित ६ जना रहेका छन् । त्यस्तै, प्रहरीले पोखरामा सात जना पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका नेकपा कास्कीका जिल्ला सदस्य एवम् कार्यालय सचिव काजी गुरुङ, (अखिल क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराज थापासहित सात जनालाई छोरेपाटनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । तर, नेकपाले भने दुईजना मात्र पक्राउ परेको बताएको छ ।

नेपाल बन्द गराउँदै हिडेका नेकपाका कार्यकर्तालाई चितवनमा सवारी रोक्ने रोक्ने क्रममा १० जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता रहेका छन् ।

त्यस्तै, दमौलीबाट पनि ११ जना कार्यकर्ता पक्राउ परेका हुन् । उपत्यकामा बन्दको प्रभाव खासै नदेखिएपनि जिल्ला बाहिर भने प्रभाव बढी देखिन्छ । बन्द आह्वानका कारण निजि सवारी साधन छिपुट रुमिा चलेपनि सार्वजनिक सवारी साधन भने ठप्प छन् । बजार क्षेत्र पनि बिहानै देदेखि सुनसान देखिएको छ ।

पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको बिरुद्ध मंगलबार सो समूहले नेपाल बन्द आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू