अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०९ | Colorodo: 21:24

अनेसास कोलोराडोद्वारा देवकोटा जयन्ती, रमेश विकल जयन्ती र शाखाको वार्षिक साधारण सभाको कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते १९:१४ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा वरिष्ठ आख्यानकार रमेश विकलको जन्म जयन्तीको कार्यक्रम र आफ्नो वार्षिक साधारण सभा सम्पन्न गर्‍यो । दुई सत्रमा विभाजित यस कार्यक्रमको पहिलो खुला सत्रमा अनेसास, केन्द्रका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको बारेमा चर्चा गर्नुभएको थियो भने रमेश विकलका छोरा महेन्द्र चालिसेले रमेश विकलको व्यक्तित्वको विविध पक्षको बारेमा जानकारी दिनुभएको थियो । यसै गरी संस्थाका अध्यक्ष राजु सिटौलाले महाकवि देवकोटा र आख्यानकार रमेश विकलको जीवनी सम्बन्धी जानकारीहरू स्लाइडबाट प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अनेसास, बोर्ड अफ ट्रष्टीजका उपाध्यक्ष पदम विश्वकर्माले महाकवि देवकोटा र आख्यानकार रमेश विकलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अनेसास, कोलोराडो शाखालाई वार्षिक साधारण सभाको अवसरमा शुभकामना सन्देश दिनुभएको थियो । यसै गरी अनेसास, केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले स्रष्टा द्वयलाई श्रद्धाञ्जली दिँदै आफ्नो रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो रचना वाचन गर्नुहुने स्रष्टाहरूमा डा. खगेन्द्र दाहाल, हरिराज शर्मा (हराश), डा. विजयराज शर्मा, महेन्द्र चालिसे, प्रभा आचार्य, केशव आचार्य, भुपेन्द्र महत, प्रमीला शर्मा, दामोदर लुइटेल, माधव शिवाकोटी, सिता सापकोटा, कुमारजंग कार्की, भगवती, दाहाल, कपिलदेव सुवेदी, रामबहादुर रानाभाट, यशोदा भट्ट, लाल चौलागाइ र सम्झना आचार्य हुनुहुन्थ्यो । कार्यक्रममा अनेसास, कोलोराडो शाखाको सल्लाहकार रमेश गुरुङले शुभकामना सन्देश दिनुभएको थियो । यसै गरी कार्यक्रममा विभिन्न संस्थाका प्रतिनिधिहरूले अनेसास, कोलोराडो शाखाको वार्षिक साधारण सभाको अवसरमा शुभकामना सन्देश दिनुभएको थियो । यसरी शुभकामना व्यक्त गर्नुहुनेहरुमा एनआरएनए अमेरिकाको बोर्ड अफ डिरेक्टर राज ढुंगाना, नेपाली घरका महासचिव वसन्त लम्साल, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष टिका पौडेल, एनआरएनए, कोलोराडो च्याप्टरका उपाध्यक्ष प्रकाश पौडेल र ब्लड डोनर्स अफ अमेरिकाको सह-कोषाध्यक्ष श्रीराम लुइटेल हुनुहुन्थ्यो । खुला सत्रको कार्यक्रम शाखाको उपाध्यक्ष सम्झना आचार्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको बन्द सत्रमा अनेसास, कोलोराडो शाखाको सदस्यहरूको सहभागितामा वार्षिक साधारण सभा सम्पन्न गरिएको थियो । वार्षिक साधारण सभामा शाखाको महासचिव किरण अधिकारीले संस्थाको कार्य प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विजयदेव अधिकारीले संस्थाको आर्थिक प्रतिवेदन तथा भावी आर्थिक योजना प्रस्तुत गर्नुभएको थियो । सभाले महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र भावी कार्यक्रमको साथै कार्यसमितिले गरेको विशेष परिषद्को गठनलाई पनि अनुमोदन गरेको थियो । शाखाको अध्यक्ष राजु सिटौलाले संस्थाले आगामी दिनहरूमा स्थानीय संस्थाहरूसँगको सहकार्यलाई विशेष महत्त्व दिएर अगाडि बढ्ने र नेपाली समुदायमा नेपाली भाषा साहित्यको जग मजबुत पार्न सबै संस्थाहरूको सहभागितामा नेपाली भाषा पाठशाला सञ्चालन गर्ने उद्देश्य लिएको बताउँदै सभाको विसर्जन गर्नुभएको थियो । बन्द सत्रको कार्यक्रम शाखाको सचिव लाल चौलागाईंले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू