अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता -अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ७:२७ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको घोषणा तथा सपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कृषि क्षेत्रमा गुणात्मक परिवर्तनको आवश्यकता रहेको औँल्याउनुभयो ।

कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गर्न सकेमा अर्थतन्त्रमा आमुल परिवर्तन हुने उहाँको दावी छ । नेपाली अर्थतन्त्रको बलियो आधारशिला नै कृषि क्षेत्रको रुपान्तरण भएको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु किसानको मुक्तिको लागि बनेको भन्दै किसान आन्दोलन उठाउनको लागि वामपन्थी शक्तिहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू