अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५६ | Colorodo: 19:11

न्यायपालिका विवादको समाधान अब संसदबाट खोज्नुपर्छ– डा.भट्टराई

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ७:१३ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले न्यायपालिकामा भइरहेको विवादको समाधान संसदबाट खोज्नुपर्ने बताउनुभएको छ । सुरुवाती चरणमा न्यायपालिका आफैँले आफूभित्रको विवादको हल गरोस् भन्ने सोचिएको भन्दै उहाँले अब समस्या गिजोलिएर गएको बताउँदै यस्तो बताउनुभएको हो ।

नागरिकतासँग भेटघाट कार्यक्रमका लागि एक हप्तादेखि गृह जिल्ला गोरखामा रहनुभएका भट्टराईले आज बगुवामा पत्रकार भेटघाटमा अब न्यायपालिकाले आफूभित्रको समस्या आफैँले हल गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

न्यायपालिकाको समस्या व्यवस्थापिकाले हल गर्नु भनेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर हटाउनु मात्रै भने नरहेको उहाँले स्पष्ट पार्नुभयो । राज्यको तीन वटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका यसरी सङ्कटग्रस्त हुनु शुभ सङ्केत भने नभएको डा। भट्टराईको भनाइ छ । राज्यका तीन अङ्गले एकले अर्कालाई हस्तक्षेप गर्ने क्रम विगतदेखि नै चल्दै आएको भन्दै उहाँले समस्याग्रस्त हुँदा समाधानका लागि एक अर्कालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

फरक प्रसङ्गमा भट्टराईले अहिलेको सत्तापक्षीय गठबन्धनलाई आउँदो चुनावसम्मै कायम गर्नुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू