अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

एन्फा अध्यक्ष शेर्पा र एएफसी अध्यक्ष सलमानबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ७:०५ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्मा छिरिङ शेर्पा र एसियाली फुटबल महासंघ (एएफसी)का अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाबीच भेटवार्ता भएको छ । सोमबार बहराइन भएको भेटवार्तामा फुटबलका विभिन्न विषयमा छलफल भएको एन्फाले जनाएको छ । भेटमा अध्यक्ष शेर्पाले नेपालमा फुटबलको विकासमा निरन्तर सहयोग गरेकोमा एएफसीलाई धन्यवाद दिनुभयो ।

भेटमा एन्फा अध्यक्ष शेर्पाले एफसी अध्यक्ष सलमानलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । जवाफमा सलमानले सकारात्मक जवाफ दिएको एन्फाले जनाएको छ । अध्यक्ष शेर्पाले एएफसीको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गर्नुभएको थियो । सो अवसरमा एन्फा अध्यक्ष शेर्पाले एएफसी अध्यक्ष सलमानलाई नेपाली टोलीको जर्सी उपहार दिनुभएको थियो । भेटवार्तामा एएफसीका महासचिव डाटो विन्डसर जोन पनि उपस्थिति हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू