अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 03:55

प्रधानन्यायाधीश जबरालाइ महाअभियोग लगाउन पूर्वन्यायाधीश फोरमको माग

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ६:४४ मा प्रकाशित

पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन माग गरेको छ । आज पत्रकार सम्मेलन गर्दै फोरमले प्रधानन्यायाधीश जबरा बिरुद्ध महाअभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको हो । फोरमले न्यायपालिका नेतृत्वका लागि प्रधानन्यायाधीश जबरा १५ कारणले अयोग्य प्रमाणित भइसकेको बताएको छ ।

यसरी माग गर्ने पूर्वन्यायाधीशहरुमा टोपबहादुर सिंह, पवनकुमार ओझा, शम्भूबहादुर खड्का, राजेन्द्रकुमार भण्डारी नारायण पोखरेल, जनार्दन बहादुर खड्का, जीवनहरि अधिकारी रहेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबराको हठ र निरंकुशताको कारण आज मुलुकको न्यायालयमा सङ्कट उत्पन्न भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू