अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ६:३४ मा प्रकाशित

नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता नगर्ने भएको छ । आज सोमवार बसेको बार एसोसिएशनको बैठकले प्रधानन्यायाधीश जबरासँग वार्ता नगर्ने निर्णय गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।प्रधानन्यायाधीश जबराले आज बिहान विज्ञप्ति निकालेर संवादका लागि आह्वान गर्दै संवादबाटै समस्याको समाधान गर्न सकिने बताउनुभएको थियो । तर प्रधानन्यायाधीशसँगको संवादले समस्या समाधान नहुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले प्रधानन्यायाधीश जबरासँग आफूहरूले कुनै किसिमको वार्ता नगर्ने भन्दै राजीनामा मात्रै विकल्प भएको बताउनुभयो ।प्रधानन्यायाधीश जबराले सरकारमा मन्त्री भाग मागेको आरोपपछि सुरु भएको सर्वोच्च अदालतको विवाद बढ्दै गएको छ । नेपाल बारको अगुवाइमा कानुन व्यवसायीले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिँदै आएका छन् ।

प्रधानन्यायाधीशले राजीनामा नदिँदासम्म आन्दोलन जारी राख्ने नेपाल बारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू