अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

संवादमा आउन बारलाई प्रधानन्यायाधीश जबराको अपिल

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ४:५९ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो राजीनामाको माग गर्दै आन्दोलनरत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्नुभएको छ ।आज एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले संवाद नै अहिले देखिएको गतिरोध सम्बोधनको उपयुक्त विकल्प भएको उल्लेख गर्नुभएको छ ।

बार एशोसियसनले जबराको राजीनामा बाहेकका विकल्पमा कुनै छलफल नै नगर्ने बताइरहेका बेलामा जबराको विज्ञप्ति सार्वजनिक भएको हो । न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएका छन् । बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गर्दछु । विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू