अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २९ गते ४:५१ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ७ हजार ५ सय ५४ पीसीआर र ४ हजार ८ सय ४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

योसँगै कुल संक्रमितको संख्या ८ लाख १७ हजार ३ सय ३३ जना पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३ सय ११ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा २ सय ७० जना संक्रमित निको भएका छन्। योसँगै देशभर निको हुनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ पुगेको छ। उक्त अवधिमा १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ। मन्त्रालयका अनुसार हाल ९८ जना क्वारेन्टाइनमा छन् भने २ ुय २५ जना आइसीयू र ६६ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू