अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

विमानस्थलमा चार वटा शटल बस सञ्चालन गर्दैछौँ – पर्यटनमन्त्री आले

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:५७ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ । आज आइतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा शटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा चार वटा शटल बस निःशुल्क सञ्चालन गरिने बताउनुभयो ।

मन्त्री आलेले मजदुरहरूका लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताउनुभयो । उहाँले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी देशहरूसँग जोड्ने पश्चिमतर्फको हवाई रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताउनुभयो ।

पर्यटन मन्त्री आलेले भारतीय सिभिल एभिएशन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एअरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू