अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

हवाई भाडा फेरि महंगियो, आन्तरिक उडानमा ३५ देखि २२० रुपैयाँसम्म बढ्यो

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:५२ मा प्रकाशित

हवाई इन्धनको मूल्य बृद्धिसँगै हवाई भाडा थप महंगिएको छ ।नेपाल वायुसेवा सञ्चालक संघले आन्तरिक उडानतर्फ सबै रुटको भाडा वृद्धि गरेको हो ।संघले आजैदेखि लागू हुने गरी जारी गरेको नयाँ मूल्य सूची अनुसार आन्तरिक उडानको टिकट ३५ रुपैयाँ देखि २२० रुपैयाँसम्म महंगो भएको छ ।

सुर्खेत चौरजहारी रुटमा टिकट भाडा सबैभन्दा कम ३५ रुपैयाँ र काठमाडौं धनगढी रुटको भाडा सबैभन्दा धेरै २ सय २० रुपैयाँ बढेर ४४ सय ६० रुपैयाँ पुगेको संघले जनाएको छ । निगमले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा हवाई इन्धनतर्फ लिटरमा ७ रुपैयाँ बृद्धि गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू