अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

रोल्पा जीप दुर्घटना ः ज्यान गुमाउनेको सङ्ख्या ४ पुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:५१ मा प्रकाशित

रोल्पामा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।माडी गाउँपालिका ६ हान्डिङबाट घर्तीगाउँ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जीप घर्तीगाउँ बजार नजिकै शहीदमार्गमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको रोल्पाका प्रहरी प्रमुख एवम् डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

ज्यान गुमाउनेमा माडी–६ हान्डिङका ५१ वर्षीय चालक रुद्र पुन, ५३ वर्षीय टेकबहादुर पुन, ४७ वर्षीया चौसरा विक र १८ वर्षीय लीला पुन रहेका छन् । लिलाको उपचारका क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा ज्यान गएको हो भने अन्य तीन जनाको घटनास्थलमै ज्यान गएको हो ।

यस्तै घाइते हुनेहरूमा त्यही ठाउँकी २१ वर्षीया बीना घर्ती र ६१ वर्षीया पञ्चना विक रहेका छन् । घाइतेहरूको रोल्पा अस्पताल रेउघामा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू