अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

फ्रान्स र बेल्जीयम विश्वकपमा छनौट

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४५ मा प्रकाशित

फ्रान्स र बेल्जीयम अको वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । समुह डि को खेलमा काजखस्तानलाई ८–० ले हराउँदै साविक विजेता फ्रान्सले विश्वकपको टिकट काटेको हो ।

समूहका १ खेल मात्रै बाँकी हुँदा फ्रान्सको ७ खेलबाट १५ अंक भएको छ । समान खेलबाट ११ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ । सम्पन्न अर्को खेलमा इस्टोनियामाथि ३–१ को जित निकाल्दै बेल्जीयम पनि कतार विश्वकपका लागि छनौट भयो ।

यो समूहमा ७ खेलबाट बेल्जीयमको १९ अंक भएको छ भने १४ अंक जोडेको वेल्स दोस्रो स्थानमा रहेको छ । विश्वकप छनौटका अन्य खेलहरुमा वेल्सले बेलारुसलाई ५–१ ले हराउँदा मोन्टेनेग्रोले नेदरल्याण्ड्सलाई २–२ गोलको बराबरीमा रोकेको छ । यसैगरी इटाली र स्विट्जरल्याण्डले १–१ गोलको बराबरी खेल्दा अष्ट्रियाले इजराइललाई ४–२ ले तथा पोल्याण्डले एन्डोरालाई ४–१ ले हराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू