अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

इक्वेडरको जेलमा कैदीहरुबीच झडप हुँदा ६८ जनाको मृत्यु, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

बिआरटीनेपाल २०७८ कार्तिक २८ गते ६:४५ मा प्रकाशित

इक्वेडरको एउटा जेलमा कैदीहरुबीच भएको झडपमा कम्तिमा ६८ जना मारिएका छन् । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन सयौंको संख्यामा सेना परिचालन गरिएको छ ।गत सेप्टेम्बरमा सय जनाको ज्यान गएको जेलमा फेरि झडप भएको हो । गुयाछिल शहरमा रहेको जेलमा झडप हुँदा कैदीहरुको मृत्यु भएको हो ।

झडपपछि जेलभित्र प्रवेश गरेको प्रहरीले विष्फोटक पदार्थ र बन्दुह भारी मात्रामा फेला पारेको छ । यो वर्षभित्र नै इक्वेडरका जेलमा भएको झडपमा २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । जेलको एउटा ब्लकमा बस्दै आएका कैदीहरु घिस्रेर अर्को ब्लकमा छिरेर विरोधी समूहका कैदीमाथि आक्रमण गरेको प्रारम्भिक छानविनबाट पत्ता लागेको छ ।

कतिपय कैदीहरु टाउको छिनालिएको अवस्थामा फेला परेको सुरक्षाकर्मीहरुले बताएका छन् । यसै महिनाको शुरुमा पनि सोही जेलमा झडप हुँदा तीन जना कैदीको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । मेक्सिकोका माफिया समूह र तस्करहरुको प्रभाव जेलमा बढेकाले बारम्बार झडप भईरहेको इक्वेडरका अधिकारीहरुको भनाइ छ ।

तर, माफिया समूहले इक्वेडरका जेलमा मात्रै नभई ठूलो क्षेत्रमा समेत कब्जा जमाईसकेको बीबीसीले जनाएको छ । इक्वेडरमा बढेको माफिया समूहको प्रभाव घटाउन दशक भन्दा बढी लाग्ने र छिमेकी कोलम्विया, अमेरिका र युरोपेली युनियनले सहयोग गर्नुपर्ने अवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू